काठमाडौं,१५ जेठ । सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरूदण्ड पक्षघात भएका बिरामीहरूलाई महिनामा पाँच हजार रूपैयाँ उपलब्ध गराउने भएको छ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी बिरामीलाई औषधि र उपचार खर्चवापत् मासिक ५ हजार रूपैयाँ दिने घोषणा गरेका हुन्। यो कार्यक्रमका लागि सरकारले एक अर्ब ५० करोड रूपैयाँ बजेट छुट्याएको छ।
त्यस्तै सरकारले आगामी वर्षग ६५५ वटा अस्पताल बनाइसक्न १० अर्ब रूपैयाँ बजेट छुट्याएको छ।सरकारले २५ जिल्लाहरूमा सुत्केरीलाई पोषण भत्ता स्वरूप ५ हजार रूपैयाँ दिने पनि निर्णय गरेको छ।