पश्चिम सेतीको निर्माण कार्य अगाडि बढाइने, पञ्चेश्वरका लागि तयारी


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
पश्चिम सेतीको निर्माण कार्य अगाडि बढाइने, पञ्चेश्वरका लागि तयारी

धनगढी, १५ जेठ । सरकारले बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने बताएको छ। आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमार्फत उक्त योजनाको प्राविधिक तयारी गरि निमार्ण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए।

साथै उनले ३०९ सेती–६ को समेत प्राविधिक तयारी गरि निर्माण कार्य अगाडि बढाइने बताएका छन्। यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताएका छन्। अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिएका छन्।