धनगढी, १५ जेठ/धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ । मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार धनगढी–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो ।
पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका प्रहरीले जनाएको छ ।