पोखरा,१५ जेठ/पोखराबाट उडेको एक जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।
विमान सम्पर्कविहीन भएको छ । मुस्ताङको आकाशमा प्रवेश गरेपछि भने सम्पर्कविहीन भएको देखाएको छ,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘जिल्लाभर सर्कुलर गरेका छौँ । हिमाली भागतिर कतै केही आवाज सनिएको थियो कि भनेर स्थानीयसँग पनि सोधपुछ गर्दैछौँ।’
उनका अनुसार विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।
विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः
१ इन्द्रबहादुर गोले
२ पुरुषेत्तम गोले
३ राजनकुमार गोले
४ वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालकदलका सदस्य:
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३ विमानपरिचारिका क्रिस्मी थापा