चक्कु प्रहार प्रकरण : केही पक्राउ परे,केही आँफै प्रहरी समक्ष पुगे


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
चक्कु प्रहार प्रकरण : केही पक्राउ परे,केही आँफै प्रहरी समक्ष पुगे

धनगढी, १५ जेठ/कैलालीको गोदावरी ६ मा बैशाख २९ गते भएको घटना सँग जोडीएकाहरु लाई प्रहरी ले पक्राउ गरेको छ । किटानी जाहेरी परेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो भने अरु आँफै प्रहरीको सम्पर्कमा आएका हुन । 

गोदावरी -६ का वडा अध्यक्ष जग्गु चौधरीको घरमै पुगेर आक्रमण मा संगल्गन भएको भन्दै १३ जना बिरुद्ध ज्यान मार्ने उधोगमा मुद्दा परेको थियो । 

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रबिन्द्र राज पाण्डेले उनिहरु प्रहरीको सम्पर्क आएको पुष्टी गरे । अहिले उनिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

उनिहरुको प्रहरीले बयान लिने कार्य गरिरहेको छ । भोली मात्रै सरकारी ओकिलको कार्यालय सम्म उनिहरुलाई पुर्याइने भएको छ।

उक्त दिन अध्यक्ष चौधरीका भाई माथि चक्कु प्रहार भएको थियो । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी  घाईते भएमा थिए ।

एमालेका कार्यकर्ताहरु मौन अबधीमा त्यँहा जम्मा भएर भोज भतेर गरेको हुन सक्ने भन्दै काँग्रेस समर्थक युबाहरु आएर आक्रमण गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका बिन्तीरामले काँग्रेसका सोही  वडाका  अध्यक्षका उम्मेदवार जयराज फुलारा सहित १३ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।