बैतडी,१४ जेठ । बैतडीमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका १ की २८ वर्षीय मैना धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकेन्द्र जोशीले जानकारी दिनु भयो ।
वडा नं ३ मा पनि उनको घर रहेको र धान ल्याउन वडा नं ३ तर्फ गईरहेका बेला हिजो साँझ बाटो माथीबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उहाले बताउनु भयो ।
मृतक धामीको शवलाई पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याइएको छ ।