गणतन्त्र दिवसको पूर्व संन्ध्यामा वृक्षारोपण


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
गणतन्त्र दिवसको पूर्व संन्ध्यामा वृक्षारोपण

धनगढी, १४ जेठ/१५ औं गणतन्त्र दिवसको पुर्व सन्यधामा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालयमा फलफूलका विरुवा वृक्षारोपण गरिएको छ ।

१२ गते बसेको मुख्य गणतन्त्र दिवस आयोजक समितीको बैठकले गणतन्त्र दिवसको अवसरमा प्रदेशका मन्त्रालय तथा कार्यालयमा सरसफाई तथा फलफूलका विरुवा वृक्षारोपण गर्ने निर्णय अनुसार वृक्षारोपण गरिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय परिषरमा आँप, अम्बा, लिची, अनार, कागती लगायत विभिन्न ३५ प्रकारका फलफूलको विरुवा रोपिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले फलफूलका विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकाल, पञ्चदेवलबिनायक नगरपािलकाकी मेयर अम्बिका चलाउने, उपमेयर हर्क रावल, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति महामन्त्री मेगराज खड्का लगाएको समेत बृक्षारोपण गरेका छन् ।

वृक्षारोपणपछि सञ्चारकर्मी संग कुरा गर्दै जनताको आन्तरिक मामिला मन्त्री डा. रणबहादुर रावलले जनताको ठुलो बलिदानी र त्याग गरेर ल्याएको गणतन्त्र दिवसलाई सबैले पर्बकै रुपमा पनि मनाउन आग्रह गरेका छन् । गणतन्त्र दिवस नेपालीहरुको लागि ठूलो पर्व भएका समेत डा. रावलले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले गणतन्त्र दिवसको पूर्व संन्ध्यामा वृक्षारोपण गरिएको र जेठ १५ गते औपचारीक कार्यक्रमको आयोजना गरेर वृहत रुपमा गणतन्त्र दिवस मनाउने बताए ।