साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

दाङ,१४ जेठ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

पुनको घाटीमा गोली लागेको छ ।उनको शव लमही अस्पतालमा राखिएको छ । मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लले बताए ।