बाजुरा, १३ जेठ । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरेपछि एमाले बाजुराका कार्यकर्ता अक्रोसित बनेको छन् ।
आयोगले बुढीगंगा नगरबासीकोे जनमतको कदर नगरी पुनः मतदान गर्ने निर्णय गरेको भन्दै एमालेका नेता तथा कार्यकर्ता त्यसको विरुद्धमा आन्दोलनका कार्यक्रम अगाडी बढाएका छन् ।
निर्वाचन आयोगले बिहीबार सो नगरपालिकामा चुनाव निष्पक्ष नभएको ठहर गर्दै वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराले आयोगको निणर्यप्रति आपत्ति जनाएको हो ।
बुढीगंगा नगरपालिका हुँदै संचालन भईरहेको साँफे–मार्तडी सडक खण्डको विभिन्न भागमा टायर बाली निर्वाचन आयुक्त र प्रधानमन्त्रीको पुत्ला दहन गरी विरोध प्रदर्शन गरेको छ ।
असंवैधानिक निर्वाचन आयोग मुर्दावाद, बुढीगंगा नगरपालिकाको मतगणना सूरु गर, विधि विधान ऐन कानुन दुरुपयोग गर्ने परमादेश गठबन्धन सरका मुर्दाबाद लगायतका नारासहित एमालेका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।