सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठमा आह्वान गर्न सिफारिस


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन १६ जेठमा आह्वान गर्न सिफारिस

धनगढी, १३ जेठ/सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उनको भनाइ छ । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । 

मन्त्री रावलका अनुसार बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ ।