भीमदत्तले पीडित परिवारलाई पाँच लाख राहत र बालिकालाई निःशुल्क उच्च शिक्षा पढाई दिने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
भीमदत्तले पीडित परिवारलाई पाँच लाख राहत र बालिकालाई निःशुल्क उच्च शिक्षा पढाई दिने

कञ्चनपुर, १३ जेठ/कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम बलात्कार काण्डमा पीडित भएकी ११ बर्षिया बालिकाको परिवारलाई भीमदत्त नगरपालिकाले पाँच लाख राहत र निःशुल्क उच्च शिक्षा पढाईदिने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलिय बैठकले पीडितमाथि करणी गर्न खोज्ने व्यक्ति नै आत्महत्या गरेर मरिसकेको अवस्थामा पीडित बालिकाको न्यायका लागि भन्दै भीमदत्त नगरपालिकाले ५ लाख नगद र उच्च शिक्षासम्म निःशुल्क पढाईदिने सहमती जनाएको । पीडित परिवारका एक सदस्यका अनुसार नगरपालिकाले ५लाख राहत तथा क्षतिपूर्ति दिने, पीडित बालिकालाई उच्च शिक्षा निःशुल्क पढाईदिने सहमती गरेका छन ।

थप राहतका लागि प्रदेश र संघीय सरकारसंग माग गर्ने सहमती भएको छ । पीडित बालिकाको न्याय , उपचार एव उच्च शिक्षाका लागि अधिकारकर्मी सहित नेकपा माओवादी केन्द्र, नेकपा एमालेका युवा, विद्यार्थी, महिला, किसान संघ संगठन, नेपाल राना थारु समाज सहितले घटनाको छानबिन माग गरेका थिए । मालिकको धरमा अधिया बनाएर बस्ने पीडित बालिका न्यायका लागि सरकारले ध्यान नदिएको भन्दै पीडित पक्षले भीमदत्त नगरपालिकामा धर्ना समेत समेत दिएका थिए ।

पीडित बालिका पक्षलाई नगद राहत एव उच्च शिक्षासम्म पढाईदिनेदेखि उपचार गर्न भीमदत्त नगरपालिका सहमती भएसंगै आन्दोलन रोकिएको छ । पाँच बर्ष अघि उल्टाखामकै बालिका निर्मला पन्तको पनि बलात्कार पछि हत्या भएको थियो । स्थानीय, प्रदेश र संघीय सरकारले नगद राहत दिएको थियो । हरेक बलात्कार, हत्याका घटनालाई लिएर अहिले निर्मला परिवारलाई नगद राहत दिएको विषयलाई उठान गर्दै छलफल बार्किनिङ्ग गर्दै आएका छन ।

उतिबेलामा निर्मलाको वास्तविक बलात्कार हत्यारा खोज्नुको साटो पैशा दिएर थमथम्याएका कारण त्यस पछिका सबै घटनामा न्याय भन्दा पैशा केन्द्रीत भएको चिन्ता व्यक्त गरिएको छ ।