नांगो खुकुरी लिएर आक्रमण गर्न खोज्ने एक युवक पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
नांगो खुकुरी लिएर आक्रमण गर्न खोज्ने एक युवक पक्राउ

कञ्चनपुर,१३ जेठ/ खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका ३ का १९ वर्षीय कविराज भट्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनले वेदकोट नगरपालिका ९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार महेन्द्रनगर बजारको गल्लि नम्बर ५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो।

प्रवक्ता शाहले भने, ‘विष्टलाई कुनै चोट लागेको छैन् , खुकुरी प्रहार गर्न खोज्जुको कारण खुलेको छैन् ।’प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेको बताएको छ।