काठमाडौँ, १३ जेठ/– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दैछन् ।
बिहीबार बिहान ११ बजेको लागि बोलाइएको संसद बैठकमा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गर्न लागेका हुन् ।
ओलीले सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा पार्टीको राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।