जन्ति पुर्याएर फकिएको बस पल्टियो


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
जन्ति पुर्याएर फकिएको बस पल्टियो

धनगढी, १३ जेठ/कैलालीको धनगढीमा बस पल्टिएको छ।  बिहीबार राति करिब ११ बजेतिर धनगढी उपमहानगरपालिका ४ स्थित जलशा होटेल नजिक से१ख २५५२ नम्बरको बस पल्टिएको हो । 

जन्ति पुर्याएर फर्कँदै गरेको उक्त बस आफै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।सो बसमा चालक र सहचालक मात्र  रहेका थिए । 

दुर्घटनापछि बस चालक कैलालीको गोदावरी नगरपालिका ५ गेटाका ३० वर्षीय लक्ष्मण बोहरा फरार भएका छन् ।

गाडीका सहचालक बझाङको वित्थडचिर गाउँपालिकाका २० वर्षीय सुरेश बोहरा सामान्य घाइते भएका र उनी नवजीवन अस्पतालमा उपचार गरी गइसकेको प्रवक्ता जोशीले बताए।