खेतमा गाडेको अवस्थामा २५ लाख भारु र दुई तोला सुन बरामद


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
खेतमा गाडेको अवस्थामा २५ लाख भारु र दुई तोला सुन बरामद

धनगढी, १३ जेठ/ जिल्लामा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ। 

जिल्लाको घोडाघोडी नगरपालिका ८ र बर्दगोरिया ४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।  भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले रुपैयाँ र सुन बरामद गरेको हो।

उनका अनुसार घोडाघोडी नगरपालिका ८ मा २३ लाख ४६ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्लाष्टिकले बेरेर जमिनमा गाडिएको थियो। स्थानीय लालबहादुर थापाको घर नजिकबाट सो पैसा र सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

यसैगरी, सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक भने स्टिलको डिब्बाभित्र राखेर दुई लाख २२ हजार भारतीय रुपैयाँ जमिनमा गाडिएको थियो। नगद र सुन बरामदपछि चोरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।