नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल

काठमाडौं, १२ जेठ/ प्रतिनिधिसभा बिहिबार बैठक बस्दैछ।  बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  संसद सचिवालयले जनाएको छ।

संसदमा मंगलबार प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि बिहिबारबाट छलफल हुने छ। बिहिबार हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। 

आज प्रमुख प्रतिपक्ष दलको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने  कार्यक्रम रहेको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा  कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गरेकी थिइन् ।