पाँच पटक म्याद थप हुँदा पनि बनेन खप्तड आउने पर्यटककालागि आवास गृह


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
पाँच पटक म्याद थप हुँदा पनि बनेन खप्तड आउने पर्यटककालागि आवास गृह

बझाङ,११ जेठ। सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आवास सुविधा तथा सहजताका लागि निर्माण गरिने भनिएका आठ भवन दुईवर्ष बित्दासमेत बन्न सकेका छैनन्।

कम्तीमा पनि १५० पर्यटकलाई सुविधायुक्त तरिकाले बस्न मिल्ने भवन निर्माण गर्न दुई वर्षअघि नै निर्माणको प्रक्रिया सुरु भएको भए पनि अहिलेसम्म भवन निर्माण हुनसकेका छैनन्। सात महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २०७६ पुसमा निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित आठ भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गरेको थियो। डोटीको सिलगढीबाट खप्तड घुम्न आउँदा बास बस्ने ठाउँ बीचपानीमा तीन र खप्तड ब्यारेक नजिक पाँच गरी आठ भवन निर्माणका लागि ठेकेदार कम्पनी टिडिआर एन्ड बीजी जेभीको ठेक्का २०७६ चैतमा स्वीकृत भए पनि कोरोना महामारीका कारण २०७७ असारमा मात्रै सोही वर्ष माघ मसान्तसम्म कार्यसम्पन्न गर्ने शर्तमा सम्झौता भएको थियो ।