पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी नेता प्रचण्ड र माधवको निवासमा


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी नेता प्रचण्ड र माधवको निवासमा

काठमाडौं, ११ जेठ/ पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी नेताहरुले सत्ता गठबन्धनका नेताहरुलाई भेटेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठनका नेताहरुले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समजावादीका अध्यक्ष माधव नेपालसँग भेट गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको फिर्ताको माग गरेका हुन्।

भेटमा अध्यक्ष प्रचण्ड र नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई टेलफोन गरी मूल्यवृद्वि तत्काल फिर्ता लिन र पेट्रोलियम पदार्थ लगाएको अनावश्यक कर मिनाहा गर्न आग्रह गरेको समाजवादी विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए।

उनले आफूहरुको आन्दोलनको छिट्टै सार्थक परिणाम आउने दाबीसमेत गरेका छन्। प्रचण्ड र माधवलाई भेट्न नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, समाजवादी अध्यक्ष पराजुलीसहित नेताहरु निवासमै पुगेका थिए।