धनगढी, ११ जेठ/नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा धनगढी उप महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार नृप बहादूर वडले आफु स्वतन्त्र उमेदवार भएको बताएका छन् ।
धनगढी उप महानगरपालिकाको निबर्तमान मेयर समेत रहेका वड स्वतन्त्र उमेदवार गोपाल हमालसंग पराजित भएपछि प्रतिक्रृया दिदै आफु पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उमेदवार भएको बताएका हुन् ।
यहाँ गठबन्धन भएपनि नामको गठबन्धन थियो वडले भने “म पार्टीबाट चुनाव लडेपनि स्वतन्त्र लडेको हुँ ।” उनको यो भनाई ले गठबन्धन र पार्टीबाट पुर्ण अशहयोग भएपछि आफुलाई स्वतन्त्र रहेको आशय दिन्छ ।
वडले आफु मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे । मैले धेरै राम्रा काम शुरु गरेको छु र बिकासको जग बसिसकेको छ उनले भने “राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला मेरो राम्रा काममा सहयोग रहने छ ।”