मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ घाइते


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ घाइते

अछाम, ११ जेठ/अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

हाइड्रोलिक लिक भएर ट्याक्टरको ट्रली पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।