धनगढी, ११ जेठ /नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य सुनिल कुमार भण्डारीले निर्माणाधिन गेटा मेडिकल कलेज सन्चालनको बारेमा सरकारको निती तथा कार्यक्रममा नपरेपनी आत्तिन्नु हाल्नु पर्ने अबस्था नरहेको बताएका छन । उनले संघिय सरकारको आगामी बजेटमा उक्त बिषय सम्बोधन हुने जिकिर गरे ।
भन्डारीले भने – ‘गेटा मेडिकल अहिले कार्यक्रममा परेको छैन तर काम ९० प्रतिशत सकिएको छ,छिट्टै सन्चालनमा ल्याउन पहल गर्छौँ।’
गोदावरी -४ मा नब निर्बाचित वडाका जनप्रतिनिधीहरुको स्वागत कार्यक्रममा बोल्दै भण्डारीले सो कुरा बताएका हुन ।
नेपाली काँग्रेस वडा नम्बर ४ का सभापती शालिभान रावलको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता सुरत कार्की,पुष्पराज जोशी, बिक्रम खड्का, फणीन्द्र भण्डारी, गोरख खड्का, यज्ञराज चौधरी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सचिब बम बहादुर महराले गरेका थिए ।