राजपुरबाट लागूऔषध सहित किशोर पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
राजपुरबाट लागूऔषध सहित किशोर पक्राउ

धनगढी, ११ जेठ /धनगढी उपमहानगरपालिकाबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। मंगलबार साँझ उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्। 

उनको साथबाट  करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।