नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिए


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिए

कञ्चनपुर, ११ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख हेम राज ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नगरप्रमुख ओझाले उपप्रमुख राना, ९ वटै वडाका वडाअध्यक्ष सहित वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सोही कार्यक्रमा जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले प्रमाणपत्र समेत वितरण गरेको थियो ।  सपथ ग्रहण कार्यक्रममा बोल्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेम राज ओझाले कृष्णपुरको विकासका लागि अवसर र चुनौती दुबै भएको बताउँदै नगरपालिका व्यापारिक हब अत्तरिया र धनगढी संग जोडिएकाले यसको विकासका लागि ठूलो अवसर भएको बताए ।