क्षेत्रीय सहरीका सडकको विवाद हटाउन खाल्टाखुल्टी पुरिने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
क्षेत्रीय सहरीका सडकको विवाद हटाउन खाल्टाखुल्टी पुरिने

धनगढी, ११ जेठ। क्षेत्रीय सहरी विकासमार्फत कैलालीको धनगढीमा निर्माण थालिएका सडकको विवाद हटाउने निर्णय गरिएको छ। मंगलवार नगरप्रमुख गोपाल हमाललको अध्यक्षतामा बसेको बैठकले सहिद गेट–क्याम्पस गेट सडकको विवाद हटाउने निर्णय गरेको हो।

उक्त सडकको तीन ठाउँमा विवाद रहेको र विवादित ठाउँका नागरिकलाई बोलाएर छलफल गर्ने निर्णयमा उल्लेख गरिएको छ। उपमहानगरपालिका क्षेत्रमा रहेका क्षेत्रीय सहरी विकासका सडकमा रहेको विद्युत तथा टेलिफोनका पोल र खानेपानीका पाइपहरु व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्ने समेत निर्णयमा लेखिएको छ।