बुढीगङ्गा सहित अन्य ८ पालिकाको मत परिणाम घोषणा हुन बाँकी


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बुढीगङ्गा सहित अन्य ८ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

बाजुरा, ११ जेठ । गएको वैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । कुल ७५३ मध्ये ७४४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । 

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ । सुदूरपश्चिम प्रदेशमा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।