१०.७२ ग्राम लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
१०.७२ ग्राम लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

बेलाैरी,११ जेठ ।  खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका ८ कलकत्ताका २३ वर्षीय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँट नगरपालिका २ झलारीका २५ वर्षीय सञ्जु सार्की र शुक्लाफाँट ३ का प्रवेश धामी रहेका छन् ।

दिनेश साइकलमा सवार रहेका र उनको साइकलको सिट कभरमुनि लुकाई राखेको अवस्थाामा १०।७२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै प्रवेशले चलाएको सुपप्र ०२–००३ प ३९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।