काठमाडौं,१० जेठ। सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाउने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश दिने प्रस्ताव तयार गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गरिने तयारी छ । मन्त्रालयले अध्ययन समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषमा पेस गर्ने तयारी गरेको हो ।
स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले अध्ययन समिति बनाउने निर्णय गर्नेछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रस्ताव तयार गरिसकेका छन् ।