जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

धनगढी, १० जेठ/कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले मङ्गलबार पदभार ग्रहण गरेका छन् । पत्रकारिता क्षेत्रमा करिब अढाइ दशक बिताएका उनी सो पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष पदमा चुनाव जितेका हुन् । उनले सात हजार १५१ मत प्राप्त गरे । उनीसँग पराजित नेपाली काङ्ग्रेसका उम्मेदवार परशुराम महतो (कठरिया) ले पाँच हजार २४२ मत प्राप्त गरे ।