हवाई भाडा बढ्यो, काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
हवाई भाडा बढ्यो, काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ

काठमाडौं,९ जेठ /नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य बृद्धि गरेसँगै हवाई भाडा समेत बढेको छ ।हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ।

अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ।