बैतडी, ७ जेठ/ जिल्लाको सुर्नया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मर बहादुर कुवँरले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै पालिका अध्यक्ष कुवँरले पालिकाभित्रका ज्येष्ठ नागरिक, असाहाय, अपाङ्गता भएका, सुत्केरी महिला र कुनै दुर्घटनामा परेकाहरुलाई नि :शुल्क यतायात सुविधाको व्यवस्था गर्ने बताएका छन् ।
साथै , उनले पालिकाभन्दा बाहिर उपचारका क्रममा गएको बेलापनि त्यस्ता बिरामीहरुलाई यतायात बाफतको खर्च पालिकाले ब्यहोर्ने समेत बताए ।