गुडिरहेको जिपमाथि रुख खस्यो, तीनजना घाइते


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
गुडिरहेको जिपमाथि रुख खस्यो, तीनजना घाइते

धनगढी, ६ जेठ। डोटीमा गुडिरहेको जिपमाथि रुख ढल्दा तीनजना घाइते भएका छन् । राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जिपमा रुख ढल्दा उनीहरू घाइते भएका हुन् ।

दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।