डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह पालिका गन्यापधुरामा जादै छन् ।आज दिउँसो ४ बजे गन्यापधुराको सदरमुकाम वडालमा चुनावी सभा सम्बोधन गर्न देउवा आउन लागेको कांग्रेस गन्यापधुरा गाउँपालिका कार्य समितिले जनाएको छ ।चुनावी सभा सम्बोधन गर्न देउवासहित सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायार पनि सहभागी हुने जनाएको छ । आज बिहान धनगढीमा हुने सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गरिसकेपछि आजै डडेल्धुरा आउने कार्यक्रम रहेको छ ।
पुर्वसभापती कर्ण मल्ल समूह वीपी कांगसमुहले एमालेसंग तालमेल गरेर सबै पालिका उम्मेदवार उभ्याएपछी गृहपालिकामा समेत कांग्रेसलाई चुनौती बनेको छ ।
गन्यापधुराको अध्यक्षमा कांग्रेस तर्फबाट इन्द्र कार्की, विपी काङ्ग्रेस-एमालेको गठबन्धनबाट र माओवादी केन्द्र-एकीकृत समाजवादी तर्फबाट नरबहादुर बिष्ट मैदानमा रहेका छ ।