लम्की चुहाको मेयरमा कांग्रेसकी शाही विजयी 


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
लम्की चुहाको मेयरमा कांग्रेसकी शाही विजयी 

धनगढी,६ जेठ। कैलाली लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशिला शाही विजयी भएकी छन् ।

उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् । 

यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन् ।