सेयर बजारमा मंगलबार २.१७ अंकले गिरावट आएको छ। Nepal Stock exchange अनुसार आज बजार सूचक २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ ।
सोमबार १ अर्ब ७५ करोड बढीको सेयर कारोबार भएको थियो , भने आज मंगलबार ४७ करोडले घटेर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७२ रुपैयाँमा समेटिएको छ । यसदिन २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर ४७ हजार ३३३ वटा संख्यामा खरिद बिक्री भएका छन् ।
यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचक मिश्रीत देखिएका छन् ।
Finance, Hotels And Tourism, Hydropower ,Manufacturing And Processing, र Mutual Fund सामान्य बढेका छन् । भने Banking ,Development bank, Investment, Life Insurance ,Microfinance, Non Life Insurance , Others अन्य र , Trading Index घटेका छन् ।
आज बजार सँगै कारोबार रकम पनि घटेको छ ।
आज सर्वाधिक कमाउनेतर्फ Buddha Bhumi Nepal Hydropower, Mandakini Hydropower ,र Taragaon Regency Hotel रहेका छन । भनेसर्वाधिक गुमाउने मध्ये Narayani Development Bank, Mid Solu Hydropower,र Vijaya laghubitta Bittiya Sanstha रहेका छन ।
आज Sonapur Minerals And Oil Limited को सबैभन्दा धेरै ८ करोड ४९ लाख ९८ हजारको सेयर खरिद बिक्री भएको छ । यस्तै Solti Hotel को ६ करोड ५८ लाख ९ हजार, Reliable Nepal Life Insurance को ४ करोड ५४ लाख ४० हजार, रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण रुपैयाँले ३ अर्ब ३५ करोड ८३ लाख रुपैयाँले घटेर, २९ खर्ब २१ अर्ब ६ करोड २७ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार २९ खर्ब २४ अर्ब ४२ करोड १० लाख रुपैयाँ थियो ।
कारोबारमा आएकामध्ये १०२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । १२६ वटा कम्पनीको घट्यो भने ११ वटाको सेयर मूल्य स्थिर रहेको छ।