आइतबार ४७ अङ्कले बढेको सेयर बजारमा सोमबार भने ११.२७ अङ्कले गिरावट आएको छ।
अघिल्लो बुधबार देखि बढेको सेयरबजारले आज ११.२७ अङ्कले घटेको छ।
सोमबार नेप्से ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा बन्द भएको छ । बजारमा आएको गिरावट सँगै कारोबार रकम समेत आज घटेर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५६ रुपैयाँमा समेटिएको छ । दिनभरमा २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर ५२ हजार ४८० वटा सङ्ख्यामा खरिद बिक्री भएको छ ।अघिल्लो दिन आइतबार नेप्सेमा २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।
आज सर्वाधिक कमाउनेतर्फ Upper Syange Hydropower, Aviyan Laghubitta Bittiya Sanstha ,र Mathillo Mailun Khola Jalvidhyut रहेका छन । भने सर्वाधिक गुमाउने मध्ये Swabhimaan Laghubitta Bittiya Sanstha, NIC Asia Balanced Fund, र Swarojgar Laghu Bitta Bikas Bank रहेका छन ।
यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये Hotels And Tourism ,Investment, र Mutual Fund सामान्य अंकले बढेका छन । भने बाँकी सबै ओरालो लागेका छन् ।
Life Insurance ०.८९ % , Banking ०.८४ %, Microfinance ०.८२ % , Manufacturing And Processing ०.८० % , Hydropower ०.७९ % र Finance ०.७७ % ले घटेका छन् ।
सोमबार Sonapur Minerals And Oil Limited को सबैभन्दा धेरै ७ करोड ७७ लाख ६३ हजारको सेयरखरिद बिक्री भएको छ । यस्तै Reliable Nepal Life Insurance को ७ करोड ६० लाख ६५ हजार, र Citizen Life को ६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
बजार सँगै आज कारोबार रकममा गिरावट आएको छ ।
सोमबारको कारोबापछि कुल बजार पुँजीकरण १७ अर्ब ३२ करोड ३७ लाख रुपैयाँले घटेर २९ खर्ब २४ अर्ब ४२ करोड १० लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार २९ खर्ब ४१ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ थियो ।
कारोबारमा आएकामध्ये ६५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । १६६ वटा कम्पनीको घट्यो भने ८ वटाको सेयर मूल्य स्थिर रहेको छ।