सेयरबजार बढ्ने क्रम जारी, ४७.७५ अङ्कले वृद्धि


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
सेयरबजार बढ्ने क्रम जारी, ४७.७५ अङ्कले वृद्धि

आज नेप्से सूचक ४७.७५ विन्दुले बढेर १९०७.९५ अंकमा बन्द भएको   छ ।

साताको पहिलो  कारोबार दिन  आइतबार सेयर बजारमा हरियाली छाउँदा कारोबार रकम  २  अर्ब माथि पुगेको छ ।

धेरै लामो समय पछी आज नेप्से सुचक १९०० भन्दा माथि  गएको  छ

आजको  दिन नेप्सेमा २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।

आज बजार सँगै कारोबार रकम पनि बढेको छ ।

४७.७५ अंकले बृद्धि भएको आजको सेयर बजारमा सबै  उपसमुहगत सूचक बढेका छन् ।

आज सर्वाधिक कमाउनेतर्फ Chhyangdi Hydropower, Bhagawati Hydropower Development Company,

र Vijaya laghubitta Bittiya Sanstha रहेका छन । सर्वाधिक गुमाउने मध्ये Infinity Laghubitta Bittiya, Sanstha, NMB Sulav Investment Fund र Asha Laghubitta Bittiya Sanstha रहेका छन ।

कारोबार रकमका आधारमा Sonapur Minerals And Oilको सबैभन्दा धेरै ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन Reliable Nepal Life Insurance को साढे ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने Nabil Bank को कारोबार रकम ७ करोड नाघेको छ।

कारोबारमा आएकामध्ये  २१४  वटा कम्पनीको सेयर मूल्य बढ्यो । २३ वटा कम्पनीको घट्यो भने  ३  वटाको सेयर मूल्य स्थिर रहेको छ।