सेयर बजारमा देखियो सकरात्मक माहोल ९.८७ अङ्कले वृद्धि


[ss_social_share]
लेखक : Mina pant      १२ महिना अगाडि मा प्रकाशित     
सेयर बजारमा  देखियो  सकरात्मक  माहोल ९.८७ अङ्कले वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार  सेयरबजार  थप  ९.८७ अङ्कले  बढेको छ ।

बुधबार  २०.६१    अंकले बढेको  बजारमा  बिहीबार पनि थप  ९.८७ अङ्कको सुधार आए र    नेप्से परिसूचक  १८६०. २०  विन्दुमा बन्द भएको छ ।

तीब्र उतारचढावपूर्ण रहेको बजारमा नेप्से ९.८७ अंकले बढेर  १८६०. २० बिन्दुमा अडिएको छ । मंगलबार २३.८२ अंकले घटेको बजारमा बुधबार पनि २०.६७  अंकको सुधार आएको थियो ।

अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३० रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि बढेको हो  ।

सेयर बजारमा हरियाली Banking, Microfinance र  Others  बाहेक  १०  उपसमुहगत सूचक बढेका छन् ।  Banking, Microfinance र  Others क्रमश, ०.७२%, ०.२८% र ०.१०% ले घटेका छन् । Life Insurance ३.३७ % ले बढेको छ ।  Non Life Insuranceपनि १.८६ % ले बढोत्तरी भएको छ । Development Bank, Finance ,Hydropower, Trading  Index  पनि १ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्|

आज सर्वाधिक कमाउनेतर्फ Buddha Bhumi Nepal Hydropower Company , Three Star Hydropower र Sikles Hydropower Limited  रहेका छन ।

उक्त कम्पनीहरुको सेयर मूल्य ८ %  भन्दा बढीले वृद्धि भएको छ ।  सर्वाधिक गुमाउनेतर्फ  Nabil Bank Limited,  Kisan Lagubitta Bittiya Sanstha,  र Support Microfinance Bittiya Sanstha  हेका छन ।

बिहीबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार बजार पुँजीकरण १५ अर्ब २२ करोड रुपैयाँले बढेको हो । बुधबार ३१ अर्ब ८८ करोड ३४ लाख रुपैयाँले बजार पुँजीकरण बढेर २८ खर्ब ५२ अर्ब ९० करोड १५ लाख रुपैयाँ पुगेको थियो ।

कारोबारमा आएकामध्ये  १६१ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ६७ वटा कम्पनीको घट्यो भने  १० वटाको सेयर मूल्य स्थिर रहेको छ।