बुधबार सेयरबजार दोहोरो अङ्कले बढेको छ ।
साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाउँदा कारोबार रकम १ अर्ब माथि पुगेको छ । मंगलबार २३.८२ अंकले घटेको बजारमा बुधबार २०.६१ अंकको सुधार आए र २०.६७ अङ्कले वृद्धि भइ नेप्से परिसूचक१८५०.३३ विन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबारको दिन कुल ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि बढेको हो ।
दोहोरो अंकले बृद्धि भएको आजको सेयर बजारमा Mutual Fund बाहेक सबै उपसमुहगत सूचक बढेका छन् । बढेका १२ उपसमूहमध्ये Hotels And Tourism Indexको सर्वाधिक ३.४९ % बढेको छ । Hydropower २.३६ % ले बढेको छ | आजको बजारमा Finance ,Investment ,Life Insurance, Manufacturing And Processing ,Non Life Insurance, Others Index र Trading Index को परिसूचक १ % बढी बढेको छ । म्युचुअल फण्ड उपसमूहको Mutual fund index भने ०.०३% ले घटेको छ ।
आज सर्वाधिक कमाउनेतर्फ Buddha Bhumi Nepal Hydropower Company, Panchakanya Mai Hydropower,र Mathillo Mailun Khola Jalvidhyut रहेका छन । उक्त कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । बुधबार सर्वाधिक गुमाउने मध्ये Sayapatri Hydropower, र Swabhimaan Laghubitta Bittiya Sanstha रहेका छन । । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यको छ ।
बुधबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण २८ खर्ब ५२ अर्ब ९० करोड १५ लाख रुपैयाँमा समेटिएको छ । मंगलबार ३४ अर्ब १४ करोड ४९ लाख रुपैयाँले घटेर बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको थियो । अघिल्लो दिनको तुलनामा बुधबार ३१ अर्ब ८८ करोड ३४ लाख रुपैयाँले बजार पुँजीकणर बढेको हो ।
कारोबारमा आएकामध्ये १९५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ४० वटा कम्पनीको घट्यो भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ।