साढे पाँच करोडमा ललितपुर महानगरले किन्यो दुइटा दमकल


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
साढे पाँच करोडमा ललितपुर महानगरले किन्यो दुइटा दमकल

ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ।

बुधबार एक कार्यक्रम गर्दै महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो। महानगरले उक्त दमकल‍ ५ पाँच करोड ६५ लाखमा किनेको हो।

महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए।

‘पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो, ती दमकल पानीले मात्र चल्थे,’ उनले भने, ‘पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।’

अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्या‌ंकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी। यी दमकलले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि सहज हुने हाछेथुले बताए।

त्यस्तै, पेट्रोल पम्प, केमिकल कलकारखानामा आगलागी हुँला समेत यो दमकल प्रयोग गर्न सकिने छ।

हाछेथुका अनुसार दमकलको सहायताले २० तला माथिसम्मका आगलागी निभाउन क्षमता राख्छ।