तिहार बिदा पछिको दाेस्राे कारोबारको दिनमा २३.८२ अंकले घट्यो, बजार सेयर बजारमा फर्किएन हरियाली


[ss_social_share]
लेखक : Mina pant      १२ महिना अगाडि मा प्रकाशित     
तिहार बिदा पछिको दाेस्राे  कारोबारको दिनमा २३.८२ अंकले घट्यो, बजार सेयर बजारमा फर्किएन हरियाली

मङ्गलबार सेयरबजार दोहोरो अङ्कले घटेको छ । अघिल्लो दिन झिनो अङ्कले बढेको बजार आज भने १.२८ प्रतिशतले घटेर बन्द भएको छ ।

दसैं, तिहार र छठ जस्ता चाडवाड सकिएपनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारमा  हरियाली फर्कन सकेको छैन ।

मङ्गलबार २३.८२ अङ्कले घटेर नेप्से परिसूचक १८२९.६५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि घटेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ Menchhiyam Hydropower Limited,  BPW Laghubitta Bittiya Sanstha, र  NMB Sulav Investment Fund  रहेका छन । भने

सर्वाधिक गुमाउने मध्ये Mathillo Mailun Khola Jalvidhyut , Mahila Lagubitta Bittiya Sanstha , र  Upakar Laghubitta Bittiya Sanstha रहेका   छन ।

यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये म्युचुअल फण्ड बाहेक १२ वटै घटेका   छन ।

Manufacturing And Processing ३.१२%, Microfinance Index २.८९% र  Hotels And Tourism Index  २.६२ %,ले घटेको बजारमा Finanace, HydroPower ,Life Insurance , Non Life Insurance, Others  र Trading Index पनि १ प्रतिशतभन्दा बढीले घटेका   छन ।

 

आजको दिनमा   Himalayan Distillery Limitedको सर्वाधिक ७ करोड ७८ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै Sonapur Minerals And Oil Limited को ४ करोड ३९ लाख २५ हजार,  SHIVAM CEMENTS को ३ करोड ७० करोड ५८ लाख,  Soaltee Hotel को २ करोड ८८ लाख २७ हजार र Hathway Investment  को २ करोड ६८ लाख ८१ हजारको सेयर कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये  ३१  वटा कम्पनीको सेयर मूल्य बढ्यो । २०१ वटा कम्पनीको घट्यो भने  ५  वटाको सेयर मूल्य स्थिर रहेको छ।

मंगलबारको गिरावटपछि कुल बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख रुपैयाँमा समेटिएको छ ।