तिहार र छठ बिदा पछिको पहिलो कारोबारमा सेयरबजार १.३९ वृद्धि अङ्कले भएको छ ।
करिब एक साता बन्द भएको बजार आज ०.०७ प्रतिशत अर्थात् १.३९ अंक विन्दुले बढेर १८५३.४८ विन्दुमा पुगेको हो ।
आज कारोबार भएका २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता सेयर ४४ हजार ७२७ सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँमा समेटिएको छ ।
आज बजार सँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबारको दिन कुल ८३ करोड ६० लाख ५ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सर्वाधिक कमाउनेतर्फ Global IME Laghubitta Bittiya Sanstha Ltd.र Karnali Development Bank Limited रहेका छन ।
उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये Forward Microfinance Laghubitta Bittiya Sanstha Limited र Sayapatri Hydropower Limited रहेका छन । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यको छ ।
आज ट्रेडिङ उपसूचक सर्वाधिक १.४२ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक १.२६ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.९७ प्रतिशतले बढ्यो । आज उत्पादन उपसूचक सर्वाधिक १.९१ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसूचक १.८३ प्रतिशत र माइक्रोफाइनान्स उपसूचक १.४२ प्रतिशत घट्यको छ ।
चाडपर्वपछि आज कारोबारमा आएको बजारको कुल बजार पुँजीकरण २८ खर्ब ५५ अर्ब १६ करोड ३० लाख रुपैयाँमा समेटिएको छ ।