ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास : सभामुख घिमिरे


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास : सभामुख घिमिरे

दमक, मङ्सिर ३ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास र साझा अभिभावक भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना गर्नेविरुद्ध खवरदारी गर्नुपर्ने जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो ।

आइतवार गृह जिल्ला झापा आउनुभएका सभामुख घिमिरेले बिर्तामोड नगरपालिका कार्यालयमा १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई लौरो बितरण गर्नु हुँदै ज्येष्ठ नागरिकको सम्मानमा कमी आउन नदिन सबैमा आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकको अनुभवलाई हामी सबैले ग्रहण गरेर अघि बढ्न सक्छौं, उहाँले भन्नुभयो ।

ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले गलत गर्नेलाई लौरो ठड्याएर खवरदारी गर्न पनि आग्रह गर्नुभयो । हामीले बाटो बिराउन लाग्यौं वा कसैले गल्ती गर्यो भने यहाँहरुले पनि कुरा उठाउनु होला र खबरदारी गर्नुहोला, उहाँले भन्नुभयो ।  बुढेसकालामा हिड्न केही सजिलो होस भनेर लौरो बितरण गरिएको हो, उहाँले बताउनुभयो ।

सो अवसरमा ज्येष्ठ नागरिकलाई ढाका टोपी, मजेत्रोसहित लौरो प्रदान गरिएको छ । “यहाँहरुको सजिलो या अप्ठ्यारोमा जुनसुकै समयमा पनि म सधै यहाँहरुको साथमा छु”, सभामुख घिमिरे भन्नुभयो ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाइको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एकराज कार्कीलगायतको उपस्थिति रहेको थियो । सभामुख घिमिरे केही दिन आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।