काठमाडौंमा राती १ बजेपछि देउसी खेल्न नपाइने !


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
काठमाडौंमा राती १ बजेपछि देउसी खेल्न नपाइने !

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राती १ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो सुचना दिएका हुन् ।

विगतको वर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्न राती ९ बजेसम्म मात्र अनुमती दिइएको थियो । यस वर्ष भने महानगरले राती १ बजेसम्म देउसी भैलो खेल्ने अनुमति दिएको हो ।

त्यस्तै, महानगरले सुरक्षाको पेट्रोलिङको व्यवस्था गरेको र सोहि समयसम्म मर्यादित भएर भैलो खेल्न अनुरोध गरेको छ । बालेनले सामजिक संजालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’