सुदूरपश्चिममा पहिलो निर्बाचित महिला मेयर बनिन्


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिममा पहिलो निर्बाचित महिला मेयर बनिन्

अछाम,६ जेठ/सुदूरपश्चिमबाट नगर प्रमुखमा पहिलो महिला निर्वाचित भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा जितेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नगरको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसकी अम्बिका कुमारी चलाउने विजयी भएकी छन् । उनले ३ हजार ६५३ मत ल्याइन्।

चलाउने सुदूरपश्चिममा नगर प्रमुखमा निर्वाचित हुने पहिलो महिला हुन्। उनी यसअघि पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर थिइन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत प्राप्त गरे ।

यस्तै, एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७ र एकीकृत समाजवादीका योगेन्द्र बहादुर बिष्टले ६९२ मत ल्याए । उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल ४ हजार १८८ मतसहित निर्वाचित भए । 

उनका प्रतिस्पर्धी माओवादीकी रीता रावलले २ हजार ६१८, एमालेका राजु सञ्ज्यालले २ हजार ३०२ र एकीकृत समाजवादीकी कृष्णा कुमारी जैसीले ८७८ मत हासिल गरिन् ।


पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर गठबन्धनको कारण कमै महिला मात्रै निर्बाचित भएका छन् ।