तिहार अघिको अन्तिम कारोबारको दिनमा, नेप्सेमा आयो ११.८५अङ्कले गिरावट


[ss_social_share]
लेखक : Mina pant      ११ महिना अगाडि मा प्रकाशित     
तिहार अघिको अन्तिम कारोबारको दिनमा, नेप्सेमा  आयो  ११.८५अङ्कले  गिरावट

तिहार अघिको अन्तिम कारोबारमा सेयरबजार ११.८५  अङ्कले गिरावट  आएको छ । अघिल्लो तीन दिनसम्म बढेको बजार बिहीबार भने नेप्से परिसूचक  ११.८५ अङ्कले घटेर १८५२. ०८ को बिन्दुमा कायम भएको छ  ।

आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर २७ हजार ८४५ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । हिजो बुधबार ७८ करोड २७ लाख ४३ हजारको कारोबार भएको थियो ।आज बजार घट्दा  पनि  कारोबार भने बढेको हो  ।

आजको दिनमा कारोबारमा आएका सबै उपसमूहगत  सूचक ओरालो लागेका छन्।

 

आज सर्वाधिक कमाउनेतर्फ Sayapatri Hydropower Limited 6.96%,  Sunrise Bluechip Fund  5.85%,र Oriental Hotels Limited  4.03% सेयर मूल्य बढेका छन्  ।  सर्वाधिक  गुमाउनेतर्फ  Mountain Energy  6.58%,  Nepal SBI BANK limited  6.43%,  Maya Khola Hydropower Company Limited  6.37% ले सेयर मूल्य घटेका छन्  ।

कारोबार रकममा आधारमा आज सबैभन्दा धेरै Sonapur Minerals And Oil Limited को ७ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै  Soaltee Hotel Limited  को ३ करोड ८१ लाख रुपैयाँ,   Hathway Investment Nepal Limited को ३ करोड ६४ लाख,   Taragaon Regency Hotel

२ करोड ३० लाख र    Sanima GIC Insurance  को १ करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

 

कारोबारमा आएकामध्ये  ५७ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।  १७५ वटा कम्पनीको घट्यो भने ५  वटाको सेयर मूल्य स्थिर  रहेको  छ।