पोखरामा नबिल बैंकको एटिएम फोड्न खोज्ने एकजना पक्राउ


[ss_social_share]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
पोखरामा नबिल बैंकको एटिएम फोड्न खोज्ने एकजना पक्राउ

काठमाडौँ । पोखरामा मेसिनमा चोरीको प्रयास गर्ने एकजना पक्राउ परेका छन् । पोखराको सभागृहमा रहेको नबिल बैंकको एटिएम फोडेर चोरी गर्न लाग्दै गर्दा प्रहरीले बबि ठाकुरलाई पक्राउ गरेको हो ।
ठाकुरलाई एटिएम मेसिन फोड्न लाग्दै गर्दा पक्राउ गरिएको बैदाम प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
डिएसपी श्रेष्ठका अनुसार ठाकुरको पोखरा नयाँ बजारमा सैलुन पसल छ । पक्राउ परेको ठाकुरको साथबाट रड, पेचकस, कपाल काट्ने कैँची लगायतका सामान बरामद गरिएको छ ।
हाल उनीविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् । एटिएम फोड्न लाग्दा ठाकुरलाई पक्राउ गरेकाले मेसिनमा कुनै क्षति भने भएको छैन ।