एमालेले मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सुरु गर्ने


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
एमालेले मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सुरु गर्ने

काठमाडौँ । एमालेले मध्यपहाडी लोकमार्गमा मंसिर १४ गतेबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, सम्मृद्दिका लागि संकल्प यात्रा’ सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अभियानको अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटबाट सुरुवात गर्नेछन् ।
अभियानका लागि नेता कार्यकर्ता परिचालन गर्न आगामी मंसिर ६ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाउने निर्णय गरेको नेता ज्ञवालीको भनाइ छ ।

अभियान अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको टोली खटिने छ ।  अभियान अन्तर्गत विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको एमालेले जनाएको छ ।

अभियान अन्तर्गत एमालेले जनतासँग संवाद गर्दै उनीहरुका कुरा समेत सुन्ने भएको छ ।