मंगलबार नेप्से परिसूचकमा ११.२२ अंकले वृद्धि


[ss_social_share]
लेखक : Mina pant      १ वर्ष अगाडि मा प्रकाशित     
मंगलबार नेप्से परिसूचकमा ११.२२ अंकले वृद्धि

अघिल्लो साता निरन्तर घटेको बजार आज भने ११.२२ अङ्कले बढेर नेप्से परिसूचक १८५८.७६ विन्दुमा बन्द भएको छ  ।

आजको बजारमा बजारमा २८५ कम्पनीको ४३ लाख ३१ हजार २२९ कित्ता सेयर ४० हजार ६०० वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन सोमबार २८३ कम्पनीका ३५ लाख ५५ हजार कित्ता सेयर ९७ करोड २३ लाख ६७ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये  Non Life Insurance बाहेक सबै १२ वटामा हरियाली छाएको छ ।

साताको तेस्रो   कारोबार दिन  मंगलबार  क्रमशः  बढीरहेका  उपसमुहगत सूचकहरु   निम्न अनुसार छन

  • Investment 1.51%
  • Others 1.32%
  • Finance      1.23%
  • life insurance 1.17%
  • Banking Sub Index 0.02%
  • Development Bank 0.43%
  • Hydropower 0.37%

बढीरहेका   छन भने Non Life Insurance  मात्र   0.18% घटेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ Laxmi Laghubitta Bittiya Sanstha  8.16%,  Sonapur Minerals And Oil Limited 5.28% ,Citizen Life Insurance Company 5.03%  रहेका   छन।  भने सर्वाधिक गुमाउनेतर्फ  Swabhimaan Laghubitta Bittiya Sanstha 8.26%,  Siddhartha Premier Insurance 5.99%,  Barahi Hydropower Public Limited  3.19%   रहेका   छन।

यसैगरी आज कारोबार रकमका आधारमा  Himalayan Bank को   संस्थापक सेयर ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँमा खरिद बिक्री  भएको छ,  यस्तै Machhapuchhre Bank को ६ करोड ३८ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ,  भने Sonapur Minerals And Oil Limited  को ५ करोड ९२ लाख ८४ हजार रुपैयाँ,  Sanima GIC Insurance को ५ करोड ३९ लाख ५५ हजार र Soaltee Hotel को ३ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।   मंगलबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण १७ अर्ब २९ करोड ११ लाख रुपैयाँले बढेर २८ खर्ब ६३ अर्ब ३० करोड २३ लाख रुपैयाँमा समेटिएको छ ।

मंगलबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण १७ अर्ब २९ करोड ११ लाख रुपैयाँले बढेर २८ खर्ब ६३ अर्ब ३० करोड २३ लाख रुपैयाँमा समेटिएको छ।    मंगलबार  कारोबारमा आएकामध्ये  ११४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ८३ वटा कम्पनीको घट्यो भने  १२ वटाको सेयर मूल्य स्थिर छ।