बेलाैरी,६ जेठ/महालक्ष्मी विकास बैंक लिमिटेडकाे २८औं वार्षिकोत्सब भव्यताका साथ मनाइएको छ । शुक्रबार कञ्चनपुरको बेलाैरी शाखाले बैंकको २८औं वार्षिकोत्सब भव्यताका साथ मनाएको हाे ।
रुख राेपाैं जीवन बचाऔँ, स्वच्छ राखाैँ स्वास्थ रहाैँ भन्ने मूल नाराका साथ बैंकको वार्षिकोत्सब मनाइयो महालक्ष्मी विकास बैंक शाखा बेलाैरीका म्यानेजर राम बहादुर विकले बताए । एक शाखा एक वृक्षारोपण हाम्रो जिम्मेवारी रहेको बताउँदै बैंक म्यानेजर विकले सबैलाई आ-आफ्नाे घर वरिपरि वृक्षारोपण गर्न सन्देश दिएका छन् । साथै उनलेे विभिन्न समयमा बैंकले मुनाफाकाे केही प्रतिशत रकम सामाजिक कार्यमा सहकार्य गर्दै सहयोग गरिरहेको समेत बताए ।
यस्तै बैंकबाट प्रदान हुने सेवाहरु मध्ये महालक्ष्मी विकास बैंकको सेवा सर्वाेत्कृट रहेको जिकिर गर्दै उनलेे महालक्ष्मी विकास बैंकमा आजै खाता खाेलि सेवाबाट बञ्चित नहुन सर्वसाधारण सबैमा अनुरोध समेत गरेका छन् । कार्यक्रममा पत्रकार, स्थानीय समाजसेवी, बुद्धिजीवी, जेष्ठ नागरिक, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुकाे उल्लेखनीय सहभागीता रहेको थियाे ।
फोटो फिचर :