प्रहरीकै मिलेमतोमा लुटपाट, यसरी बाहिरियो इसेवाको कनेक्सनसहितको अचम्मको घटना


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
प्रहरीकै मिलेमतोमा लुटपाट, यसरी बाहिरियो इसेवाको कनेक्सनसहितको अचम्मको घटना

काठमाडौँ । काठमाडौँमा प्रहरीकै मिलेमतोमा लुटपाट भएको पाइएको छ । २१ असोजमा निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर भएको लुटपाटमा प्रहरीकै मिलेमतो भएको पाइएको हो । लुटपाटमा प्रहरीको संलग्नता पुष्टि भएपछि हाल उक्त लुटपाटमा संलग्न तीनजना प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी दायर गरिएको छ ।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल रहेका छन् । उनीहरुले मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका थिए ।

भएको के थियो ?

गत असोज २१ गते कुमार रोका र नवराज नगरकोटी छुट्टाछुट्टै निजी गाडीमा ठमेलबाट बालुवाटार जाँदै थिए । सोही क्रममा राति साढे ११ बजे प्रहरीको सिआरभी टोलीले चेकिङ भन्दै उनीहरुलाई रोक्यो । रोकाको गाडीमा तीनजना युवती देखेपछि प्रहरीले वेश्यावृत्तिका लागि युवतिहरु सप्लाई’ गरेको आरोप लगाएर फसाइदिने भन्दै ‘ब्लायकमेल’ गर्न थाले । त्यसपछि उनीहरुले ती युवतिहरुलाई प्रहरीको सिआरभी भ्यानमा राखे ।

प्रहरीकै मिलेमतोमा लुटिएपछि पीडित रोका र नगरकोटीले प्रहरीको हटलाइन नम्बरमा जानकारी गराएका थिए । सो लगत्तै उक्त घटनामा संलग्न रहेका मदन पुरी र सन्तोष पुरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लुटपाटमा प्रहरीको पनि संलग्नता पुष्टि भएपछि थप ३ जना प्रहरीलाई पनि पक्राउ गरी मुद्धा चलाइएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कमोध ढुंगेलले जानकारी दिएका छन् ।

 

अझ अनुसन्धानबाट उक्त लुटपाट योजनाबद्ध रुपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लुटपाटको मुख्य योजनाकार मदन पुरी हुन् । उनले धम्क्याएर पैसा असुल्ने योजनासाथ नवराज नगरकोटीलाई फोन गरी तीनजना युवती लिएर आउन भनेका थिए । नगरकोटी सोही अनुसार तीनजना युवती लिएर गएका थिए । सोही क्रममा मदन पुरीको नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहायता लिएर उनीहरुले लुटपाट गरेका थिए ।